• २१ असोज २०८३, बुधबार
  • १०ः१८ बिहान

नेशनललाईफको बीमा सचेतना साईकल र्‍याली भव्यताका साथ सम्पन्न

प्रकाशित मिति

२०८० श्रावण २३ गते, मंगलवार १२:२२

 

National Life

२३ श्रावण २०८०, काठमाडौँ : नेशनललाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्‍यालीको आयोजना गरेको छ ।


बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसादखत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशव प्रसाद दाहल,प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाले सहभागिता जनाउनु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

पोखराको बाराहीघाट बाट शुरु भएको र्‍यालीले हल्लनचोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दैपुनःबाराहीघाटमा र्‍यालीको समापनगरिएको थियो । उक्त साईकल र्‍यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ ।

प्रतिकृया