• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

निर्वाचन आयोगको १५ हजार जरिवाना गैरकानुनी भन्दै रास्वपाका चार सांसदले हाले सर्वोच्चमा रिट

प्रकाशित मिति

२०८० श्रावण १४ गते, आईतवार ०३:३५

१४ श्रावण २०८०, काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका चार जना सांसदहरुले निर्वाचन आयोगले निर्वाचन खर्च विवरण नबुझाएको भनी जनही १५ हजार रुपैयाँ जरिवाना तिराउने गरी गरेको निर्णय गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट हालेका छन् ।

National Life

आफूहरुलाई जानकारीसमेत नदिई निर्वाचन खर्च नबुझाएको भनेर जरिवाना गराउनु गैरकानुनी भएको चार सांसदको रिटमा छ । प्रतिनिधिसभाका सांसदहरु सोबिता गौतम, विराजभक्त श्रेष्ठ, शिशिर खनाल र गणेश पराजुलीले रिट दर्ता गराएका हुन् । उनीहरु चारैजना रास्वपाका काठमाडौँबाट निर्वाचित सांसद हुन् ।


रिटमा चार सांसदले आफूसम्बद्ध पार्टी तथा आफूहरुलाई जानकारी नै नदिई गरेको जरिवाना गैरकानुनी, अतार्किक र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकाले बदरभागी भएको उल्लेख गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया