• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

ज्योति विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ०४:०३

११ श्रावण २०८०, काठमाडौँ : ज्योति विकास बैंकले बैंकको १५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत देशभरिका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयबाट संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरेको छ । वातावरण, स्वास्थ्य, सशक्तिकरण लगायतका विभिन्न क्षेत्रहरुमा सहयोग पुर्याउने हेतुले उक्त कार्यहरु गरिएको हो।

National Life

शारीरिक तवरले फरक बालबालिकाहरुका लागि कृत्रिम हात प्रदान गर्न इनेबल नेपालसंग सहकार्य गर्न बैंकले सम्झौता गरेको छ । इनेबल नेपालसंगको सहकार्यमा बैंकले १५ जना बालबालिकाहरुलाई थ्री डी प्रीनटेड प्रोसथेटीक ह्याण्ड प्रदान गर्नेछ । यी हातले बालबालिकलाई दैनिक जीवनका सामान्य कामहरु गर्न मद्दत पुर्याउनेछ र समान अवसर प्राप्ति गरी जीवन गुणस्तर परिवर्तनमा सहयोग हुनेछ । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा इनेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


विगत ३३ वर्षदेखि जनस्वास्थ्य सरोकारका कार्यक्रम र सेवा सञ्चालन गर्दै आएको फेक्ट नेपालसंगको सहकार्यमा बैंकले १५ विभिन्न ठाउँहरुमा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुको आयोजना गर्न सम्झौता गरेको छ। फेक्ट नेपालको प्राविधिक सहयोगमा स्वस्थ जीवनयापनको सचेतनामूलक कार्यक्रमदेखि निःशुल्क स्वास्थ्य शिविर जस्ता विभिन्न कार्यक्रमहरु बैंकले गर्ने प्रतिबद्धता सहितको सम्झौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट तथा फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधान ले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

वार्षिकोत्सवको अवसरमा बैंकको धनगढी शाखाले हरियाली प्रवर्द्धनको लागि वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेको छ। धनगढी उप–महानगरपालिकासंगको समन्वयमा बैंकले वृक्षारोपण गरेको हो । सोही वार्षिकोत्सवको अवसरमा बैंकको मुर्गिया शाखाले सैनामैना नगरपालिकको वडा नं ५, ६ र ७ का सार्वजनिकस्थानहरुका लागि ५० थान डस्टबिन वितरण गरेको छ । स्वच्छ र सफा समुदायको लागि बैंकको मुर्गिया शाखाको सक्रियतामा उक्त कार्यक्रम गरिएको हो।


सोही अवसरमा बैंकको हसुलिया शाखा र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि गरिएको थियो। नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा यी दुई स्थानमा रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ग्राहकवर्ग, कर्मचारी लगायत स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो । करिब ७५ जनाले उक्त कार्यक्रममा रक्तदान गरेका थिए ।


वार्षिकोत्सवमा बैंकले लमजुङस्थित अपाङ्ग संरक्षण समाजसंगको साझेदारीमा अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहायता सामाग्रीहरु प्रदान गरेको छ । बेसीशहर शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमको अवसरमा बैंकले उक्त सहायता सामाग्रीहरु वितरण गरेको हो ।


आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ ।

प्रतिकृया