• 4:46 pm

बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

प्रकाशित मिति

२०८० श्रावण ११ गते, बिहीबार ०४:२३

११ श्रावण २०८०, काठमाडौँ: बाग्मती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलले भाडा घटेको जनाएको हो । मन्त्रालयका अनुसार लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालवहाक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको हो ।


पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर समायोजना गरिएको हो ।


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य स्वाचालित मूल्य प्रणाली लागू गरेपछि पेट्रोलियम पदार्थको मूल्य घटेको थियो ।

प्रतिकृया