• २१ असोज २०८३, बुधबार
  • १०ः५३ बिहान

आई.एम.ई.लाइफ इन्स्योरेन्सले कार्यालयका प्रमुखहरुलाई एक दिने तालिम प्रदान

प्रकाशित मिति

२०८० श्रावण ८ गते, सोमबार १०:५८

८ श्रावण २०८०, काठमाडौँ : आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना नेपाल भरका क्षेत्रिय/शाखा/उपशाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्घिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम मिति २०८०/०४/०६ गते भैरहवा स्थित होटल शिद्घार्थ भिलासामा दिईएको थियो ।

National Life

कम्पनीका करिव १३० जनाकर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप-निर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गर्नुभएको थियो । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनु पर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो ।


कम्पनीका प्रमुख कार्यकारी अधिकृत कविफुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण बिभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया