• २६ भदौ २०८३, शुक्रबार
  • ७ः१२ बेलुका

नेपालमा पहिलोपटक भित्रियो पाठेघरको मुखको क्यान्सर गराउने भाइरसविरुद्धको खोप

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार १२:३०

२० असार २०८०, काठमाडौँ: नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भित्रिएको छ । चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे ।

National Life

यसअघि पाइलट प्रोजेक्टका लागि थोरै मात्रामा खोप ल्याइएको थियो । यसपटक भने सरकारले खरिदमार्फत् नै २० हजार डोज ल्याएको स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।


यो खोप १० देखि १४ वर्षका बालिकालाई दिने सरकारको योजना छ । खोप ६ हप्ताको फरकमा दुई डोज दिनुपर्ने हुन्छ । आगामी दिनमा नियमित खोप ल्याउनका लागि ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)लाई आग्रहसहित निवेदन दिइएको डा. गौतमले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया