• २५ भदौ २०८३, बिहीबार
  • ५ः४३ बेलुका

नेप्से १२.७३ अंकले बढ्याे

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ०४:३२

१९ असार २०८०, काठमाडौँ : आज (मंगलबार) नेप्से परिसूचक १२.७३ अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा पुगेको हो । नेप्सेमा बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ । आज २ अर्ब ५७ करोड ६१ लाख ४० हजार माथिको कारोबार भएको हो ।

National Life

आज १४५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूलय स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज नागरिक लगानी कोषको कारोबार अब्बल रह्यो । आज होटलसहित सबै उपसूचकमा हरियाली देखिएको छ ।


मंलगबार सेयर बजार बढेपनि बिपिडब्लु लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको आज सेयरमूल्य १५५ रुपैयाँले घटेर १३९९ रुपैयाँमा कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, आज एनआइबिएल प्रगति फण्ड, खानिखोला हाइड्रोपावर, तेह्रथुम पावर कम्पनी, इमर्जिङ नेपाल लगायत अन्य कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।


नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमा आज लगानीकर्ताहरु भुम्मिएका छन् ।


नागरिक लगानी कोषको ११ करोड ९८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


त्यस्तै,हिमालयन लाइफ, शिवम् सिमेन्ट्स, आईजीआई पु्रडेन्सियल, सोल्टि होटल, हिमालयन डिष्टलरी, एशियन लाइफ, प्रभु इन्स्योरेन्स, सूर्या ज्योति लाइफको आज सर्वाधिक खरिदबिक्रि भएको छ।

प्रतिकृया