• २५ भदौ २०८३, बिहीबार
  • ५ः४३ बेलुका

आज थ्रीस्टार हाइड्रोपावरको आइपीओको सेयर बाँडफाँड

प्रकाशित मिति

२०८० असार १९ गते, मंगलवार ११:०२

१९ असार २०८०, काठमाडौँ : थ्रीस्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई जारी गरेको आइपीओको सेयर बाँडफाँड आज हुने लागेको छ । आज मंगलबार बिहान ९ः३० बजे बाँडफाँडलाई समय बिक्री प्रबन्धक हिमालयन क्यापिटलले तोकेको छ ।

National Life

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म आइपीओ सर्वसाधारणलाई जारी गरेको थियो । यस आइपीओमा १० लाख ९२ हजार २८९ जना आवेदकबाट १ अर्ब १९ करोड ८७ लाख ३६ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ८७ हजार ३६० कित्ता शेयरको लागि आवेदन परेको थियो।


कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रुपैयाँको २५ प्रतिशतले दरले हुने आउने १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये १० प्रतिशत अर्थात ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख ९२ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयहरुलाई निष्काशन गरी बाँडफाँड गरिसकेको छ । बाँकी रहेको ७ लाख ३८ हजार ७५० कित्ता शेयर मध्ये बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि १० प्रतिशत अर्थात ७३ हजार ८७५ कित्ता,सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३६ हजार ९३८ कित्ता र कर्मचारीहरुका लागि २ प्रतिशत अर्थात १४ लाख ७७५ कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ । त्यस पश्चात बाँकी भएको ६ लाख १३ हजार १६२ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आइआर डबलबी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।

प्रतिकृया