• ६ असोज २०८३, मंगलबार
  • १२ः१४ दिउँसो

जग्गा घेराबार गर्न भन्दै ललिता निवासको जग्गामा पुग्यो काठमाडौंको महानगरको टोली

प्रकाशित मिति

२०८० असार १७ गते, आईतवार ०३:१२

१७ असार २०८०, काठमाडौँ: बालुवाटारस्थित ललिता निवासको जग्गा घेराबार गर्न भन्दै काठमाडौं महानगरपालिकाको टोली पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको छ । ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

National Life

त्यस्तै यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि अनुसन्धान अघि बढाएपछि सार्वजनिक जग्गाको संरक्षण गर्न भन्दे महानगर त्यहाँ गएको हो । अहिले ललिता निवासको जग्गा यकिन मात्र गरिने छ। तारबार पछि गरिने महानगर प्रहरीले जनाएको छ ।


विसं ०२१ मा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन सरकारले कांग्रेस नेता सुवर्णशमशेरको परिवारको स्वामित्वमा थियो ललिता निवासको जग्गा। सरकारले हदबन्दीभन्दा माथिको जग्गा मुआब्जासमेत दिएर अधिग्रहण गरेको थियो। अधिग्रहणपछि सार्वजनिक जग्गामा रूपान्तरण भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

तर नक्कली कागज खडा गरेर ०४९ मा ११२ रोपनी ४ आना जग्गा व्यक्तिका नाममा सारिएको थियो । ०४६ को परिवर्तनपछि सार्वजनिक जग्गा व्यक्तिका नाममा सारिएको थियो । सरकारी जग्गा व्यक्तिका नाममा सार्ने यो योजनामा मिलेमतो गरेका भूमाफिया र कर्मचारी र किनबेचमा संलग्नहरू केही पक्राउ परेका छन् । केही माथि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया