• २१ जेठ २०८३, बिहीबार
  • ९:३० बिहान

‘वान एक्स बेट’मा पक्राउ परेका कलाकारलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ०५:३२

१० असार २०८०, काठमाडौँ: प्रहरीले गैरकानुनी रुपमा जुवा (वान एक्स बेट) खेलाउने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरेका ८ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । गैरकानुनी रुपमा अनलाइन जुवा खेलाइरहेको उक्त गिरोहलाई साथ दिएको भन्दै केही कलाकार र युट्युबरहरूलाईसमेत पक्राउ गरेको हो ।


उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तेस्रोपटक म्याद थप गरेको हो। यसअघि पहिलोपटक चार दिन र दोस्रोपटक ६ दिनको म्याद अदालतले दिएको थियो ।

Kamana Sewa

पक्राउ पर्ने कलाकारहरुमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो) र बेगम नेपाली (भटभटे माइला), युट्युबरहरु एलिश राई, जलन घर्तीमगर, गणेश देवकोटा (जीडी) रहेका छन् ।

Classic Tech Desktop

उनीहरुलाई वान एक्स बेटको प्रचारप्रसार गरेर लाभ लिएको आरोप प्रहरीले लगाएको छ। प्रहरीले यसअघि पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। यसअघि पक्राउ पर्नेहरूमा दिनेश खड्का, अनिता धिताल, दिपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछाने रहेका छन् ।

प्रतिकृया