• १२ असोज २०८३, सोमबार
  • ३ः५६ राती

जिसस काठमाडौँद्धारा हरियाी प्रबद्र्धन गर्न वृक्षारोपणलाई अभियानको रुपमा सञ्चालन गर्ने

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार ०१:१८

३ असार २०८०, काठमाडौँ : जिल्ला समन्वय समिति काठमाडौँको हरियाली प्रबद्र्धन र सहरी सौदर्यता कायम राख्दै काठमाडौँमा वृक्षारोपण कार्यलाइ अभियानको रुपमा सञ्चालन गर्ने भएको छ । जिल्ला भित्रका स्थानीयहरुमा मौसम अनुसार फलफूल एवं अन्य वनजन्य बोटबिरुवाहरुको वृक्षारोपण गरिने भएको हो ।

National Life

समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीको अध्यक्षतामा विहिबार बसेको बैठकले जिसस काठमाडौँका समन्वय र सहजिकरणमा काठमाडौँका सबै स्थानीय तहमा मौसम अनुसारको फलफूल एवं बोटबिरुवा रोप्ने कार्यलाई अभियानकोरुपमा सञ्चालन गर्न लागिएको हो ।


जिल्ला वन कार्यालय काठमाडौका सबै स्थानीय तहका कृषि तथा वातावरण शाखामा कार्यरत कर्मचारी र जेवी फाउन्डेशनका प्रमुख सहितका पदाधिकारीहरु उपस्थितिमा भएको कार्यक्रममा जिल्लाभित्रका स्थानीय तहमा मौसम अनुसारका फलफूलका बिरुवा रोप्न लागिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

फाउन्डेशनको सहकार्यमा स्थानीय तहहरुमा स्थानीय भूगोल, वातावरण र माटो सुहाउने मौसम अनुसारका बोटबिरुवाहरु लगाउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिनुभयो ।उहाँका अनुसार छलफलमा जेवी फाउण्डेशनसँगको सहकार्यमा जिल्ला समन्वय समितिले सबै पालिकाहरुकामा वृक्षारोपण गर्ने, त्यसका लागि स्थानीय तहहरुले नर्सरीबाट वृक्षारोपण गर्ने स्थानसम्म बिरुवा ढुवानी गरेर लैजाने, खाडल खन्ने र वृक्षारोपण गर्न आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने निर्णय भएको छ ।


त्यस्तै रोपिएको बिरुवाहरुको सम्बन्धित स्थानीय तहले संरक्षणको व्ययवस्था मिलाउनुका साथै वृक्षारोपणको कार्ययोजनासहित आफ्नो पालिकाको लागि आवश्यक पर्ने बिरुवाहरु माग गरी जिसस समक्ष पत्र पठाउन आग्रह गरिएको छ । सबै स्थानीय तहले बिरुवाको संख्या, बृक्षारोपण गरिने जमिनको क्षेत्रफल, बृक्षारोपण गरिने स्थान, संरक्षणको कार्ययोजना तयार गर्नुपर्नेछ । बृक्षारोपण गर्नका लागि डिविभजन वन कार्यालयको आवश्यक प्राविधिक परामर्श उपलब्ध गराउने कार्यजिम्मेवारी तोकिएको छ ।


वन कार्यालयले वृक्षारोपणका लागि आवश्यक पर्ने औजार एवं उपकरणहरु संभव भएसम्म उपलब्ध गराउने, इकालका वन कार्यालयहरुमार्फत वृक्षारोपण हुने पालिकाहरुमा सम्बन्धीत प्राविधिकहरु पठाइ आवश्यक सहयोग गर्ने, स्थानीय तहको भूगोल अनुसार उपयुक्त हुने जाजाजातको बोटबिरुवाहरु अन्य सरकारी निकायहरुबाट वा सरकारी नर्सरीहरुबाट समेत उपलब्ध गराउन पहल गर्ने, वृक्षारोपणका सम्बन्ध अन्य आवश्यक सहयोग उपलब्ध गराउने निर्णय भएको जिल्ला समन्वय अधिकारी राजेन्द्रबहादुर अर्यालले बताउनुभयो ।

प्रतिकृया