• १० असोज २०८३, शनिबार
  • ४ः३६ बेलुका

राप्रपाले संसद्‌मै माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०३:५९

२८ जेठ २०८०, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् ।

National Life

उनले प्रधानमन्त्री दाहालविरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग गरे ।


उनले अपराधजस्तो मुद्दा पर्दा प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि पदमा बसिरहन नमिल्ने जिकिर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘…प्रधानमन्त्री ज्यूले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । नैतिकताका आधारमा पनि पदमा बसिरहन मिल्दैन । यो सामान्य कुरा होइन, युद्ध अपराधजस्तो मुद्दा सर्वोच्च अदालतमा दर्ता गरिसकेपछि प्रधानमन्त्री ज्यू त्यो पदमा बसिरहन उचित हुँदैन । नैतिकताका आधारमा पनि प्रधानमन्त्रीको राजीनामा दिनुपर्छ ।’

प्रतिकृया