• १० असोज २०८३, शनिबार
  • ४ः०१ बेलुका

चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०८० काे जनाकलाकर्मीहरुलाई प्रमाणपत्र वितरण

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०३:१४

जेठ २८, २०८०, काठमाडौँ : चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारासहित शनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण हलमा आयोजीत एक कार्यक्रमकाबिच प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दान बहादुर कार्कीको हातबाट उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

National Life

सो अवसरमा बोल्दै मन्त्री मोदीले कलाकारहरु देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीहरुलाई जितको शुभकामना समेत दिए । आँफु २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रुपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरुमा कलाकारिताप्रतिको उत्साह देख्दा खुशी लाग्ने उनले बताए । सम्बोधनका क्रममा उनले कलाकारहरुले देशको इज्जत राख्ने र इतिहाँस बोक्ने क्षेत्र भएका कारण तन मन दिएर यो क्षेत्रमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् ।


विबेक कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर बिबेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिती रहेको थियो । त्यस्तै यस सांस्कृतिक कार्यक्रमका लागि सहयोगीका रुपमा सुनिलस्मृति गाउँपालिका, कञ्चन गाउँपालिका, गल्याङ नगरपालिका, लुङग्री गाउँपालिका, ओमसतिया गाउँपालिका, सरावल गाउँपालिका, तिलोत्तमा नगरपालिका, पोखरा महानगरपालिका, माण्डवी गाउँपालिका रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोजक विवेक कार्कीले नेपाली संगीत उद्योगको पक्षमा आफू सधैं उभिने , कलाकारको आयस्रोत बढाउन सहयोग गर्ने र नेपाली कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै विविधता र संस्कृतिको मूल्य मान्यता बोकेको नेपाली संगीतको संरक्षण र सम्बर्द्धनमा हामी सदैव प्रतिबद्ध रहेको आयोजक विवेक कार्कीले बताए । नेपाली संगीत उद्योग। उनले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै प्रायोजकहरूलाई धन्यवाद पनि दिए।

प्रतिकृया