आजदेखि नक्कली भुटानी प्रकरणमा प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने
प्रकाशित मिति
२०८० जेष्ठ २४ गते, बुधबार ११:१३
२४ जेठ २०८०, काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारदेखि प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस गर्ने भएका छन् । शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ।
हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फको बहस सकिएसँगै आजदेखि प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँले जानकारी दिएको छ।

आज सुरुमा पीडितपक्षका निजी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेकाे छ।

थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ।
Related
Recent News
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
- रसुवामा पहिरोले ११ घर तथा गोठमा क्षति, ६५ जना विस्थापित
- गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- Under 13 फुट्सल प्रतियोगितामा विनायकको जित
- ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
- गरिमा चौधरी घटनामा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनी कठघरामा उभ्याउँछौं
- बञ्चरेडाँडामा स्थानीयको अवरोध, १५ दिनभित्र माग पूरा नभए फोहोर रोक्ने चेतावनी
- साउनमा १ अर्ब ८४ करोडको ईभी आयात, सरकारलाई १ अर्ब १४ करोड राजस्व
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया