• २३ भदौ २०८३, मंगलबार
  • ६ः४८ बिहान

आज नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार १०:४५

१० जेठ २०८०, काठमाडौँ : आज समाजवादी पार्टीबाट बनेका दुई मन्त्रीको शपथ रहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा जनता समाजवादी पार्टी(जसपा)बाट बनेका दुई मन्त्रीको शपथ आज हुने भएकाे हाे ।

National Life

मंगलबार वन तथा वातावरण मन्त्री बनेका वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको हो। सरकारले जसपालाई सरकारमा सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।


राष्ट्रपति कार्यालयले बिहान ९:५० मा शपथग्रहणको कार्यक्रम तय भएको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कामु प्रधानन्यायाधीशलगायतका विशिष्ट व्यक्तिको उपस्थिति रहनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँग मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। पछिल्लो पटकसहित प्रधानमन्त्री प्रचण्डले ६ महिनामा ११औँ पटक मन्त्रीपरिषद् विस्तार गरेका हुन्।

प्रतिकृया