• २५ जेठ २०८३, सोमबार
  • ७:२३ बिहान

विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ११:०९

२६ वैशाख २०८०, काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिबार कन्सर्ट गर्ने भएको छ । कार्यक्रममा चर्चित कलाकार तथा सांगीतिक समुहका प्रस्तुतीहरु रहने छन् ।


विषेशगरी विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीहरुका नेपालमा रहेका परिवारका सदस्यहरु, आफन्तजन तथा साथिभाईसँग सांगीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उदेश्यका साथ एनसेलले यो सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम दिउँसो २ बजे बाट सुरु भई बेलुका ९ बजे सम्म आयोजना गरिने छ ।

Kamana Sewa

कार्यक्रममा चर्चित गायकगायिकाहरु दिपक बज्राचार्य र रिदम ब्यान्ड, आषिश राना (लाउरे), शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विषेश प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात प्रत्यक्ष प्रशारण हुनेछ । यसले गर्दा विराटनगर बासी मात्र नभई देश विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीले कार्यक्रमको मनोरञ्जन लिन सक्नुहुनेछ ।

Classic Tech Desktop

यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् ।


वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङ्का साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ । यसैगरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरु पनि उपलब्ध गराउँदै आएको छ ।


यस सांगीतिक कार्यक्रमले विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र उहाँका नेपालमा रहनुभएका परिवारलाई भरपुर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ । कार्यक्रम स्थलमा रहने एनसेलको स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा जानकारी लिन सक्नेछन् ।


यस कार्यक्रममा सहभागी हुनका लागि अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरि निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरुलाई आवहान गरेको छ ।

प्रतिकृया