• २५ जेठ २०८३, सोमबार
  • ४:५० बिहान

राज्यमन्त्री सिर्पालीको अग्रसरतामा जटिल रोगका विरामीहरुलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार ११:०४

२६ वैशाख २०८०, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको अग्रसरतामा दुई जटिल रोगबाट ग्रसित भएका दुई विरामीहरुलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।


अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ निवासी मनिष पराजुली र भूमिकास्थान नगरपालिका वार्ड नम्बर ६ निवासी योगेन्द्र सिंह सुनारलाई माननिय राज्यमन्त्रीको पहलमा दुबै जटिल रोगबाट ग्रस्त विरामीहरुलाई ५१ -५१ हजार रुपियाँ रकम उपलब्ध गरएका छन् । अर्धाखाँची जिल्ला निवासी दुबै विरामीहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला सिर्पालीको आग्रसरतामा विभिन्न समाजिक संस्थाहरुबाट सो रकम उपलब्ध गराईएको राज्यमन्त्रीका प्रमुख स्वकीय सचिव विष्नु प्रसाद गैरेले बताए ।

Kamana Sewa

क्यान्सर रोगबाट ग्रष्त भएका संघिखर्कका मनिष पराजुली २४ वर्षिय युवा हुनुहुन्छ भने योगेन्द्र सिंह सुनार ५९ वर्षिय उमेरका छन् । ७ वर्ष पहिला क्यान्सर रोग देखा परेका सुनारको उपचार पछि केही समय सन्चो भएको रोग फेरी बल्जीए पछि भरतपुर क्यान्सर अस्पतालमा उपचार भई रहेको भए पनि आर्थिक अभावका कारण उपचारमा समस्या आएको विरामी सुनारको छोरा दिपक सुनारले बताए । यसै गरी क्यान्सरबाट प्रभावित भएका पराजुली उच्च शिक्षा अध्ययनका लागि विदेश गएका थिए भने समस्या भए पछि घर फर्कीउको परिवार स्रोतले बताउएका छन ।

Classic Tech Desktop

प्रतिकृया