• १३ असोज २०८३, मंगलबार
  • ६ः५८ बिहान

टोपबहादुर रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालित, छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

प्रकाशित मिति

२०८० बैशाख २१ गते, बिहीबार १०:१५

वैशाख २१, २०८०, काठमाडौँ : नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई बिहीबार काठमाडौँ ल्याइँदै छ। बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौँ ल्याएर अदालतमा पेस गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

National Life

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रायमाझीलाई काठमाडौँ पठाउनका लागि भैरहवा विमानस्थल लगिएको छ।सन्दीपलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौँ ल्याउने तयारी भएको हो। उनलाई हिजो राति जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो।


पूर्वमन्त्री रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि उनको बयानका आधारमा रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

पूर्वमन्त्री रायमाझी भने हिजो‍देखि सम्पर्कविहीन छन्। रुपन्देही प्रहरीका अनुसार हिजो अर्घाखाँचीबाट काठमाडौँ नआइ बुटवल बसेको भनिएका रायमाझीको तीब्र रूपमा खोजिकार्य भइरहेको छ।

प्रतिकृया