• १३ असोज २०८३, मंगलबार
  • ७ः३० बिहान

भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी बुटवलबाट पक्राउ

प्रकाशित मिति

२०८० बैशाख २१ गते, बिहीबार १०:३२

२१ वैशाख २०८०, रुपन्देही : नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा जोडिएका सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् । रायमाझीलाई बुटवलबाट पक्राउ गरिएको र काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

National Life

बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीलाई पक्राउ गरिएको हो। उनका छोरा सन्दीप रायमाझी हिजै पक्राउ परिसकेका छन् । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो। प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।


तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको कागजातबाट पुष्टि भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

एमाले सचिव तथा अर्घाखाँचीका सांसद रायमाझीले यसअघि नै दुलाल, भण्डारी, पोखरेलसँग निकटकै सम्बन्ध रहेको र उनीहरूको योजनामा ‘अन्जानवश’ सहयोग गरेको प्रस्टीकरण दिएका थिए । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिकृया