• १३ असोज २०८३, मंगलबार
  • ७ः२१ बिहान

दार्चुला हिमपहिरोमा परेका १२ जनामध्ये सात जनाको उद्धार, पाँच अझै बेपत्ता

प्रकाशित मिति

२०८० बैशाख २० गते, बुधबार १०:३०

वैशाख २०, २०८०, काठमाडौँ : दार्चुलाको हिमाली क्षेत्रमा आएको हिमपहिरोमा परेका १२ जनामध्ये सात जनालाई प्रहरीले उद्धार गरेको छ । पाँच जना भने अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । मंगलबार दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो । त्यहाँ स्थानीय यार्सागुम्बा संकलन गर्न गएका बेला एक्कासी हिमपहिरो गएको थियो ।

National Life

मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको थियो।


यार्सा संकलन गर्न नाम्पा हिमालको फेदतर्फ गएका मानिस टेण्ट भएको स्थानमा फर्किने क्रममा हिमपहिरोमा परेको जानकारी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले दिए । उनका अनुसार टेण्ट भएका स्थानबाट यार्सा खोज्न संकलकहरु बिहान हिमालको नजिक जाँदै आएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको प्रहरीले जनाएको छ। डिएसपी पाण्डेका अनुसार अनुसार त्यहाँ अहिले करिब पाँच फिट हिउँ जमेको छ । बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया