• १ असोज २०८३, बिहीबार
  • ११ः१७ बिहान

१ महिनामै बिग्रिए सभापतिका ११ गाडी स् अनियमितताको आशंका

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०७:४४

संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका हुन् । सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण गराए ।

National Life

उनीहरुले गाडी खरिद प्रकरण छानबिन गर्न संसद्का तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने मागसमेत गरे ।

गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरुका लागि गाडी खरिद गरिएको हो । टेन्डरबाट गरिद गरिए पनि गाडीका पार्टपुर्जा नक्कली हालिएका हुन सक्ने सभापतिहरुको आशंका छ ।
(दिनेश रेग्मी र दुर्गा खनाल)

Classic Tech Mobile
Classic Tech Desktop

कान्तिपुर दैनिकबाट साभार

प्रतिकृया