• २ असोज २०८३, शुक्रबार
  • ९ः४४ बिहान

अब कर्मचारीले कार्यालय समयमा बाहिर निस्कन नपाउने

प्रकाशित मिति

२०७६ श्रावण २७ गते, सोमबार ०६:३४

सरकार कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कार्यालयबाट बाहिर निस्किन कडाइ गरेको छ। कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राही मर्कामा परेको र चाँडै हुने काम गर्न दुईरतीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाइ गरेको हो।
कार्यालय समयमा कर्मचारी बाहिर निस्किँदा प्रत्येक महाशाखा र विभागमा अनिवार्य लगबुक भर्ने र भराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।
(सुनील महर्जन)
नेपाल समाचारपत्रबाट साभार

National Life

प्रतिकृया