• १९ भदौ २०८३, शुक्रबार
  • ८ः१८ राती

प्रभु बैंकका ग्राहकले सिन्की भान्सा घरमा छुट पाउने

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ०४:५०

१४ वैशाख २०८०, काठमाडौँ: प्रभु बैंक लिमिटेड र काठमाण्डौं, पुतलीसडकमा रहेको सिन्की भान्छा घरबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट मार्केटिङ्ग विभागका वरिष्ठ प्रबन्धक श्री शेखर राज बास्टकोटी र सिन्की भान्छा घरका तर्फबाट प्रबन्ध निर्देशक श्री वेदानन्द पराजुलीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


प्रभु बैंक र उक्त भान्छा घर बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले सिन्की भान्छा घरद्धारा सञ्चालित “बे्रकफास्ट, लन्च एण्ड डीनर” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । उक्त सम्झौता अन्तर्गत सिन्की भान्छा घरमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सिन्की भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

Kamana Sewa

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

Classic Tech Desktop

प्रतिकृया