• 4:52 pm

२४ घण्टामा थप १११ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ०५:२६

१४ वैशाख २०८०, काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २९ पुगेको छ ।


बिहीबार ६० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३७८ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


गत २४ घण्टामा देशभर १ हजार ४० पीसीआर तथा १ हजार ४७७ एन्टिजेन परीक्षण भएको छ ।

प्रतिकृया