सुरेन्द्रराज पाण्डे नियुक्त भए गण्डकी प्रदेशका मुख्यमन्त्रीमा
प्रकाशित मिति
२०८० बैशाख १४ गते, बिहीबार ०४:०८
१४ वैशाख २०८०, पोखरा : नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । पाण्डे माओवादी केन्द्रसँगै स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
केन्द्रको सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको थियो । यसअघि एमालेका खगराज अधिकारीको नेतृत्वमा बनेको सरकार गत वैशाख ९ गते ढलेको थियो । आफूलाई समर्थन गरेको दलले फिर्ता लिएसँगै पुनस् विश्वासको मत लिने संवैधानिक प्रावधानअनुसार शनिवार विश्वासको मत लिएका अधिकारी मत नपाएसँगै स्वतस् पदमुक्त भएका हुन् ।

त्यसपछि गठबन्धनले सरकार गठनको प्रक्रिया अगाडि बढाएको हो । यसअघि त्यहाँ उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गर्ने कि उपधारा २ बमोजिम बमोजिम नै बहुमतको सरकार गठन गर्न आह्वान गर्ने भन्ने अन्योल थियो ।





प्रतिकृया