• २ असोज २०८३, शुक्रबार
  • ९ः३९ बिहान

लुम्बिनीमा एमाले नेतृत्वको सरकारले गुमायो विश्वासको मत

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार ०१:३३

११ वैशाख २०८०, काठमाडौँ: लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सभाबाट विश्वासको मत गुमाएका छन् । सोमबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री लिला गिरीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ३३ मत परेको थियो भने विपक्षमा ५३ मत परेको थियो । ८७ सदस्यीय प्रदेश सभामा ८६ सदस्य मतदानमा सहभागी भएका थिए ।

National Life

मुख्यमन्त्री गिरीले आवश्यक मत नपाएपछि एमालेका नेता गिरी नेतृत्वको सरकार स्वतस् ढलेको छ । अब प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने छ । सरकारमा सामेल दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिएका हुन् । गिरीलाई यसअघि समर्थन दिएका माओवादी केन्द्रसहितका दलहरुले केन्द्रमा समीकरण बदलिएपछि समर्थन फिर्ता लिएका थिए ।


८७ सदस्यीय लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा र नागरिक उन्मुक्तिका ४(४, जसपा, जनमत र लोसपाका ३(३, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १(१ प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले एमालेका गिरी नेतृत्वको सरकारमा राप्रपाले मात्र समर्थन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया