• ३१ भदौ २०८३, बुधबार
  • ६ः०० बेलुका

सन्दीप लामिछानेको मुद्दा दीपक ढकालको इजलासमा

प्रकाशित मिति

२०८० बैशाख ११ गते, सोमबार १२:२९

११ वैशाख २०८०, काठमाडौँ: विभिन्न कारणले पेशी स्थगित हुँदै आएकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी न्यायाधीश दीपक ढकालको इजालासमा परेको छ । बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो । ६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डक्टर र साहब आलमसँग बयान लिएको थियो।

National Life

लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुँदैछ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश दीपक ढकालको इजलासमा लामिछानेविरुद्धको मुद्दामा सनुवाइ हुने भएको हो । उनको पेशी चौंथौ नम्बरमा रहेको छ । यसअघि चैत २६ गते शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो ।


गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो । सन्दीपलाई काठमाडौं जिल्ला अदालतले प्रारम्भिक सुनुवाईमा पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

निरन्तर पेशीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको थिएन। सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश गरेको भए पनि विभिन्न कारणले पेशी स्थगित हुँदै आएको छ। आज काठमाडौँ जिल्ला अदालतले सन्दीपको पेशी तोकेको छ।

प्रतिकृया