• १२ असोज २०८३, सोमबार
  • ६ः३७ बिहान

ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो

प्रकाशित मिति

२०८० बैशाख ८ गते, शुक्रबार ११:४५

८ वैशाख २०८०, काठमाडौँ: बिहीबार मध्यरातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लू टिक हटाएको छ। ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्यरातीबाट हटेको हो । यसबारे कम्पनिका मालिक एलन मस्कले गत साता गरेको घोषणा गरेका थिए । जसका कारण हजारौं नेपाली प्रयोगकर्ताको पनि ट्विटर एकाउन्टबाट ब्लु टिक हटेको छ ।

National Life

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिल पछि पैसा नतिर्ने एकाउन्टको ब्लू टिक हटने जनाएका थिए । उनले ब्लु टिक लिने भए निश्चित रकम तिनुपर्ने जनाउँदै आएका छन् । उनले ब्लू टिक चाहिएमा मासिक शूल्क तिर्नुपर्ने यसअघि नै बताएका थिए ।


ट्वीटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत ब्यक्तिहरुको एकाउन्टलाई ब्लू टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शूल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठूला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टवाट ब्लु टिक हटाईदिएर शुल्क तिर्न दबाब बढाएको हो । नेपालमा ब्लू टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया