• १९ भदौ २०८३, शुक्रबार
  • ३ः१६ राती

गणेश भट्ट अभिनित जीवन साथीको पोस्टर सार्वजनिक

प्रकाशित मिति

२०८० बैशाख ६ गते, बुधबार ०५:२२

६ वैशाख २०८०, काठमाडौँ: गणेश भट्ट अभिनित नयाँ म्युजिक भिडियो ‘जीवन साथी’ को पोस्टर सार्वजनिक गरिएको छ। बुधबार अनामनगरमा आयोजित एक कार्यक्रमका बीच म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको हो ।


पछिल्लो समयका चर्चित मोडेल भट्टलाई अभिनयमा समारिका ढकालले साथ दिएकी छन्। सिवजी डान्स सेन्टरको व्यानरमा निर्माण गरिएको गीतमा शैलेश कुमार मिश्र र रोजिना कार्कीको स्वर रहेको छ ।

Kamana Sewa

म्युजिक भिडियोलाई शिवजी खत्रीले निर्देशन गरेका हुन् । भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका छन्। म्युजिक भिडियोलाई केही दिनमै बजारमा ल्याउने तयारी गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया