एपीएफ क्लबविरुद्ध हिमालयन शेर्पाको जित
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ०५:२९
२९ चैत्र २०७९, काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबविरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ । च्यासल रगंशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाका सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे । एपीएफका अमान्र्ड बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए ।
खेलको आठौँ मिनेटमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । सत्यम शर्माले २४औँ मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पुर्याए ।

एपीएफका अर्मान्ड बेडोउमले पहिलो हाफको इन्जुरी समयमा एक गोल फर्काएका थिए । ४७औँ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेका थिए । प्रदीप लामाले ६३औं मिनेट गोल गरेपछि एपीएफ बराबरीमा फर्किएको थियो ।

तर, ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए । यस्तै, खेलको निर्धारित समयम सकिन एक मिनेट बाँकी रहँदा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाले ५–३ को रोमाञ्चक जित निश्चित गर्यो ।
जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट नौ अंक जोडेको । समान खेल खेलेको एपीएफको ११ अंक छ ।




प्रतिकृया