• २२ भदौ २०८३, सोमबार
  • ९ः३० बिहान

दोषीलाई कारबाही र क्षति भएका पीडितवर्गलाई क्षतिपूर्ती र जोखिममा भएका घरहरूको संरक्षण आजबाटै सरू गरियोस् : सांसद कार्की

प्रकाशित मिति

२०७९ चैत्र २९ गते, बुधबार ०३:४५

२९ चैत्र २०७९, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले समिट अपार्टमेन्ट निर्माणका कारण भएको दुर्घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग गरेकी छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले नक्सापास, इआइए र स्थानीयको सहमतिविना नै समिट अपार्टमेन्ट निर्माण गरिएकाले दुर्घटना भएको बताउँदै तत्काल समिति बनाएर छानविन गर्न माग गरेकी हुन्।

National Life

उनले दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेकी छन्। ‘दोषीलाई कारबाही र क्षति भएका पीडितवर्गलाई क्षतिपूर्ती र जोखिममा भएका घरहरूको संरक्षण आजबाटै सरू गरियोस्,’ कार्कीले भनिन्।


सांसद कार्कीले भनिन्, ‘ललितपुरको बखुन्डोल हाईटमा १८ रोपनी जग्गामा १६ तले समिट अपार्टमेन्ट बनाईरहँदा विना नक्सा पास, विना इआईए, विना स्थानीयको स्वीकृति बन्दै गर्दा वरपरको घरहरु पूर्ण रुपमा क्षति भएका छन । भासिने, चर्कने क्रम जारी छ । स्थानीयहरुले पटकपटक उजुरी दिएपनि काम नरोकिएको गुनासो गरेका छन । अघिल्लो संसद बैठकमा पनि कुरा उठ्यो । तर, बैधानिक प्रक्रिया अघि बढेको छैन । सभामुख महोदय, म आग्रह गर्न चाहन्छु–यसरी देशभर बनाईरहेका होटलहरु, भवनहरु, अपार्टमेन्टहरुको बैधानिकता खोजी गरियोस् । संसदीय समिति बनाई कन यसको छानवीन प्रक्रिया अघि बढाईयोस् । दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति र संरक्षण गर्नुपर्ने व्यवस्था आजैबाट सुरु गरियोस् ।’

Classic Tech Desktop

सांसद कार्कीले समिट अपार्टमेन्टको निर्माण कार्य तत्काल रोकी छानवीनको कामलाई तत्काल अघि बढाउन पनि सरकारलाई दवाव दिइन् ।

प्रतिकृया