राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ जना नवनियुक्त कर्मचारीहरुलाई पूर्व सेवाकालिन तालिम प्रदान
प्रकाशित मिति
२०७९ चैत्र २९ गते, बुधबार ०१:३९
२९ चैत्र २०७९, काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशकालागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले दश पाँचको जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व बृद्धि हुने बताउनुभयो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपकार्यकारी अधिकृत विमल डंगोलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराउनु भएको थियो ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६६ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, QR Code सेवा, POS (Point of Sale) सेवा, Credit Card, Debit Card, Connect IPS, Smart QR Teller – (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने USSD मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन ।




प्रतिकृया