• २९ भदौ २०८३, सोमबार
  • १२ः४८ राती

ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारबाही

प्रकाशित मिति

२०७६ श्रावण २३ गते, बिहीबार ०४:१२

काठमाडौं, ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी तथा चालकहरुलाई ट्राफिकले कारबाहीमा कडाइ गरेको छ । कारबाही पर्नेमा सबैभन्दा बढी कार तथा जिप रहेका छन् । ट्राफिक व्यवस्थापनसँगै सवारी दुर्घटना कम गर्न ट्राफिकले ३ वर्षदेखि दैनिकजसो विशेष अभियान सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।

National Life

ट्राफिक नियम उल्लंघन गरेका बस, ट्रक, ट्रिपर, कार, जिप, ट्रयाक्टर र मोटरसाइकलमाथि गरिएको कारबाहीबाट ठूलो मात्रमा राजश्व सङ्कलन भएको छ । ट्राफिकले गत आर्थिक वर्ष २०७५/०७६ मा करिव ९ हजार सवारीमाथि कारबाही गरी ५२ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

ट्राफिक व्यवस्थापनमा सामुदायिक सेवा केन्द्र लगायत विभिन्न सामाजिक संस्थाले पनि सहकार्य गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया