• २२ भदौ २०८३, सोमबार
  • १०ः३५ राती

आज प्रधानमन्त्री दाहालविरुद्धको रिटको सुनुवाइ हुँदै

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०८:४८

२५ फागुन २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ बिहीबार हुन लागेकाे छ।द्वन्द्वकालमा भएका मानिसहरूको हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएको विषयमा द्वन्द्वपीडितहरूले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको हो।

National Life

आज बिहीबार १० बजेपछि गोलाबाट न्यायाधीशको इजलास तोकिने छ। उक्त इजलासले बहस सुनेर आदेश जारी गर्ने छ। उक्त आदेशपछि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डविरुद्ध मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ।


यस्ता रिट निवेदन पटक-पटक दरपिठ भएपनि दरपीठ भएको आदेशविरुद्ध नै मुद्दा परे पछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको अघिल्लो शुक्रबारको इजलासले प्रचण्डले दिएको अभिव्यक्तिविरुद्धको रिट दर्ताका लागि सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो। सर्वोच्चमा रिट दर्ता भएपछि माओवादी घटक दल एकै मोर्चामाआज सामेल भएर सो मुद्दा अदालतले हेर्न नहुने बताउँदै आएका छन्।

Classic Tech Desktop

प्रतिकृया