• २७ भदौ २०८३, शनिबार
  • ६ः२० बेलुका

जन्मदिनको अवसरमा श्रीमतीलाई २५ लाखको बीमा पोलिसी उपहार

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०२:०७

२३ फागुन २०७९, काठमाडौँ:  ललितपुर धापाखेलका सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको उपलक्ष्यमा २५ लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी उपहार दिएका छन् । सानु थापा मगरले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको समृद्ध जीवन बीमा पोलिसी उपहार दिएका हुन् । उक्त बीमा पोलिसीमा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

National Life

अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसि खरिद गरेकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गरेका छन् ।


पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा एमडिआर६ श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया