• २९ भदौ २०८३, सोमबार
  • ४ः३७ बेलुका

राष्ट्रपति निर्वाचन: मौन अवधि सुरु

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०९:२०

२३ फागुन, २०७९, काठमाडौँ: यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि माैन अवधि सुरु भएकाे छ। सोमबार मध्यरातिदेखि मौन अधवि सुरु भएको हाे । निर्वाचन आयाेगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतत्त्व, निष्पक्ष विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न हिजाे मध्यरातबाट माैन अवधि सुरु भएकाे हाे ।

National Life

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था छ। साेही अनुसार माैन अवधि लागू गरिएकाे हाे । आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने आयाेगले जनाएकाे छ।


‘उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न, उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यमबाट जीत हारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचारणहरू पालना गर्न गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गर्दछ’, आयाेगकाे सूचनामा भनिएकाे छ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति निर्वाचनका सन्दर्भमा आज रातिदेखि मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचार-प्रसार निषेध कायम रहने आयोगले सूचनामार्फत् जानकारी दिएको छ । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिकृया