• 4:11 am

माओवादी धाराका नेताहरूको बैठक बालुवाटारमा सुरु

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार १०:१५

२३ फागुन, २०७९, काठमाडौँ: प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धाराका राजनीतिक दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा माओवादी धाराका दलहरूका नेता जम्मा भएका हुन् ।दसवर्षे सशस्त्र द्वन्द्वमा एकै ठाउँ रहेका तर शान्ति प्रक्रियापछि छुट्टाछुट्टै राजनीतिक दलमा आबद्ध भएका दलका नेताहरू भेला भएका हुन् ।


बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको जनाइएको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओलीलगायत सहभागी रहेको बताइएको छ।


द्वन्द्वकालीन मुद्दा, पछिल्लो समय प्रचण्डविरुद्ध दायर भएको रिट लगायतका विषयमा छलफल गर्न माओवादी धारका नेताहरूलाई बैठकमा बोलाइएको हो। आइतबार सहिद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौँमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तर्क्रियामा बोल्दै माओवादी शक्ति एकजुट हुनुपर्ने बताएका थिए।


सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएसँगै माओवादीभित्र हलचल मच्चिएकाे छ। सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे प्रति नेकपा माओवादी केन्द्रले आपत्ति जनाएकाे थियाे।

प्रतिकृया