• २९ भदौ २०८३, सोमबार
  • ५ः१५ बेलुका

भव्य समारोहबीच पल्सर स्पोर्टस अवार्ड आज

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार ०९:१५

२३ फागुन, २०७९, काठमाडौँ: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले १९ औँ संस्करणको ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८’ एक भव्य समारोहकाबीच मंगलबार आयोजना गर्दैछ। हरेक वर्ष आयोजना हुँदै आएको अवार्डमा विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरूलाई समान गरिँदै आइएको छ। अवार्ड कार्यक्रम दिउँसो २:१५ बाट सुरु हुनेछ। काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुने अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी मञ्चले पुरा गरेको जनाएको छ।

National Life

यस पटकको स्पोर्ट्स अवार्डमा ९ विधामा अवार्ड प्रदान गरिने छ। जसमा पिपल्स च्वाइस, वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, र प्रशिक्षक रहँदा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहने छन। मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ।


वर्षको उत्कृष्ट पुरुष खेलाडी विधाको मनोनयनमा क्रिकेटका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, फुटबलका अन्जन विष्ट, किरण चेम्जोङ र ब्याडमिन्टनका प्रिन्स दाहाल परेका छन्। त्यस्तै, महिलातर्फ भलिबलकी अरुणा शाही, क्रिकेटकी सीता राना मगर, रुबिना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल परेकी छन्।

Classic Tech Mobile
Classic Tech Desktop

वर्षका युवा खेलाडीतर्फ फुटबलका मनिष डाँगी, प्रिती राई, बक्सिङका छिरिङ वान्ग्दी शेर्पा, ब्याडमिन्टनकी रशिला महर्जन र भलिबलकी उषा भण्डारी मनोनयनमा रहेका छन् । वर्ष प्रशिक्षक अवार्डको मनोनयनमा फुटबलका अब्दुल्लाह अल्मुताइरी, क्रिकेटका डेभ वाट्मोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट परेका छन् ।


त्यस्तै, मञ्चले पिपल्स च्वाइस विधामा फुटबलका अन्जन विष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुवाना लामा रहेका छन्। पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन्।


लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमै गरिनेछ। वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ।


यसपटक वर्षबाट युवा खेलाडीलाई पनि मोटरसाइकल प्रदान गरिने एनएसजेएफले जनाएको छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने छ।

प्रतिकृया