• १०:५० २०८० चैत्र १६ गते
  • 10:50 am

उपत्यकामा ४४५ सवारी साधन होल्ड, ६८ ठाउँमा चेकजाँच

प्रकाशित मिति

२०७९ फाल्गुन २२ गते, सोमबार ०४:४२

Lockdown Traffic Karbahi2020 04 07 07 04 46 1536x733 1 e1660564944863

२२ फागुन, २०७९, काठमाडौँ: फागु पूर्णिमामा सवारी नियम उल्लघंन गर्ने ४४५ सावारी साधन होल्ड भएका छन् । ट्राफिक प्रहरी प्रवक्ता एसपी अविनारायण काफ्लेका अनुसार यो विवरण दिउँसो २ बजेसम्मको हो । फागु पूर्णिमाको अवसरमा ट्रफिक नियम उल्लंघन गर्नेहरुविरुद्ध गरिएको चेकजाँजमा यो संख्यमा सवारी साधनहरु होल्ड भएका हुन् ।


मादक पदार्थ सेवन गरेका, दुई पांग्रे सवारी साधनमा तीन जना चढेका तथा कागज पत्र नबोकी सञ्चालनमा रहेको सवारी साधन होल्ड भएका छन् । दिउँसो २ बजेसम्म उपत्यकाका तीन वटा जिल्लामा कुनै पनि अप्रिय दुर्घटनाका घटनाहरु नभएको ट्राफिक प्रहरीले जनाएको छ ।


ट्राफिक प्रहरीले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न ६८ स्थानमा चेक पोइन्ट खडा गरेर सवारी गतिविधि चेकजाँच भइरहेको महाशाखाले जनाएको छ । प्रहरी निरीक्षकको कमाण्डमा घुम्ती अनुगमन पनि भइरहेको र प्रहरी नायव उपरीक्षकहरुले कमाण्ड गर्नेगरी सवारी जाँच कार्यको अनुगमन भइरहेको महमाशाखाले जनाएको छ ।

प्रतिकृया