• ११ असोज २०८३, आइतबार
  • ४ः११ बेलुका

यस्तो छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार ०४:४०

१६ फागुन २०७९, काठमाडौँ: सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेकी हुन् ।

National Life

सरकारले एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्समा २०७९ फागुन २५ देखि २६ गतेसम्म आयोजना हुने मध्यकालीन समिक्षा कार्यक्रममा अर्थ मन्त्रालयका सचिव श्री तोयम रायालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।


त्यस्तै, कर्णाली कोरिडोर ४०० के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने क्षतिपूर्ति निर्धारण समिति गठन गर्ने । यस अघि विभिन्न मितिमा नेपाल सरकार, मन्त्रिपरिषद्बाट शहीद घोषणा भई नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेका शहीदहरुको नामावली गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु :

प्रतिकृया