• २१ भदौ २०८३, आइतबार
  • ३ः०९ दिउँसो

राष्ट्रपति निर्वाचनका लागि आज आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार १२:३८

१६ फागुन, २०७९, काठमाडौँः निर्वाचन आयोगले मंगलबार राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ। आज फागुन १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी रहेको छ। आयोगका अनुसार आज सुरुमा उम्मेदवारमध्ये कसैले चाहेमा नाम फिर्ताको समय दिइनेछ । नाम फिर्ता लिन चाहने उम्मेदवारका लागि बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ।

National Life

यसको समय सकिएपछि अन्तिम नामावली प्रकाशन गर्ने आयोगको तयारी छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा मुलुकको नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तयर गरिएको छ।


जसको लागि २ जनाको उम्मेदवारी परेको छ। मुलुकको दोस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। पौडेललाई कांग्रेसहित सत्तारुढ दल नेकपा माओवादी केन्द्रसमेत ८ दलको समर्थन छ।

Classic Tech Desktop

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदान स्थल तोकिएको छ। मतदानका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै २ वटा मतदान केन्द्रहरु हुनेछन्। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य ५५० र ७ वटै प्रदेश सभाका सदस्य ३३२ गरी ८८२ मतदाता रहेका छन्।

प्रतिकृया