टोखाको समृद्धिका लागि निरन्तर लागि परेको छु : नगर प्रमुख अधिकारी
प्रकाशित मिति
२०७९ फाल्गुन १६ गते, मंगलवार ११:४३
१६ फागुन, २०७९, काठमाडौँः टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको समृद्धिका लागि आफू निरन्तर क्रियाशिल भएर लागि परेको बताउनु भएको छ । नगरपालिकाको विकास निर्माण, सहज र सर्वशुलभ सेवा प्रदान गर्नका लागि आफू लगायत सबै जनप्रतिनिधि क्रियाशिल भएर लागि परेको बताउनु भएको हो ।

उहाँले नगरपालिकाद्धारा आयोजित विभिन्न औपचारिक कार्यक्रममा विभन्नि समयमा सम्बोधन गर्ने क्रममा नगरबासीलाई राहत प्रदान गर्नका लागि न्यायो कपडा वितरणदेखि विभिन्न आवश्यक सामाग्री प्रदान गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो । अबको पाँच वर्षभित्र सबै टोखा बासीले पूर्णरुपमा विकसित टोखा भएको अनुभूति गर्ने भन्दै बिगत पाँच अगाडि र अहिले टोखामा भएको विकास अपेक्षा गरे भन्दा धेरै भएको उहाँको भनाइ छ ।
त्यस्तै नगरपालिको समृद्ध र सुखी नगरपालिका बनाउने नीति र योजना कार्यान्वयन गरिरहेको भन्दै यस कार्यमा सबै पक्षबाट साथ र सयहोग भएको समेत प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो । उहाँले ज्येष्ठ नागरिक राष्ट्रकै सम्पत्ति भएको भन्दै नगरपालिकाले ज्येष्ठ नागरिकलाई जाडोमा न्यायो कपडा वितरण गर्दै आएको बताउनुभयो ।




प्रतिकृया