यूएई जाने तयारीमा सन्दीप
प्रकाशित मिति
२०७९ फाल्गुन १६ गते, मंगलवार ११:०८
१६ फागुन २०७९, काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेले विदेश जाने अनुमति पाएका छन् । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा रिहा हुन र विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो ।
त्यसै आदेशलाई पुनरावलोकन गर्न र आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सोमबार सर्वोच्च अदालतले उक्त मुद्धामा सुनवाइ गर्दै उनीमाथिको विदेश प्रतिबन्ध फुकुवा गरिदिएको छ ।

उनले विदेश जाने अनुमति पाएपछि क्यान उनलाई यूएई पठाउने तयारीमा रहेको छ । हाल सन्दीपलाई यूएई पठाउन उनको पासपोर्ट यूएई एम्बेसीमा रहेको छ । प्रक्रियामा रहेको उनको पासपोर्टमा भिषा लागेपछि उनी यूएई जानेछन् ।

नेपालले हाल यूएईमा जारी पपुवा न्युगिनी (पीएनजी) र यूएईसँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलिरहेको छ । सोमबार भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ४ विकेटले हराएको थियो । सन्दीपमाथि प्रतिबन्ध कायमै रहेकाले यसअघि क्यानले सन्दीपलाई टिममा समावेश गरेको थिएन ।
सन्दीपले हालै नेपालमै सम्पन्न भएक स्कटल्यान्ड र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा १३ विकेट लिएका थिए ।




प्रतिकृया