• १६ भदौ २०८३, बुधबार
  • २:२३ बेलुका

प्रधानमन्त्रीकाे निजी चिकित्सकमा युवराज शर्मा नियुक्त

प्रकाशित मिति

२०७९ फाल्गुन १६ गते, मंगलवार १०:५६

१६ फागुन, २०७९, काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत फागुन १२ गते बसेको बैठकले शर्मालाई निजी चिकित्सकमा नियुक्त गरेको हो । शर्मा पाटन अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टर पदमा कार्यरत थिए ।


उनको उच्च विशेषज्ञता इन्टरनल मेडिसिन र पेट तथा कलेजो विषयमा भएको हो ।

Kamana Sewa

प्रतिकृया