• १० असोज २०८३, शनिबार
  • ११ः३६ राती

आइसिसी विश्वकप क्रिकेट लिग-२: युएईविरूद्ध नामिबिया ९१ रनमै अलआउट

प्रकाशित मिति

२०७९ फाल्गुन ११ गते, बिहीबार ०४:०४

११ फागुन, २०७९, काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईविरूद्धको खेलमा नामिबिया ९१ रनमै अलआउट भएको छ। बिहीबार दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ३१.१ ओभरमा ९१ रन जोड्दा सबै विकेट गुमायो। नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले सबैभन्दा बढी ३० रन बनाए। जेन ग्रिन २४ रन र भान लिङ्गेनले १५ रन जोडे। बाँकी आठ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा युएईका जाहूर खान, आयन खान र कार्तिक मेयप्पनले ३-३ विकेट लिए।

National Life

नेपालमा भएको त्रिकोणात्मक सिरिज खेलेपछि नामिबिया युएई पुगेको हो। लिग-२ अन्तर्गत अर्को साता दुबईमा नेपाल, युएई र पिएनजीबीच त्रिकोणात्मक एकदिवसीय सिरिज हुँदैछ। लगत्तै लिग-२ को अन्तिम सिरिजमा नेपालमा हुँदैछ। फागुन अन्तिम साता हुने सिरिजमा युएई, नेपाल र पिएनजी नै भिड्नेछन्।


लिग-२ को च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेल खेलेर ५० अंक जोडेको छ भने दोस्रो स्थानको ओमानको ४४ अंक छ। दुवै टिम विश्वकप छनोटमा पुगिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

नामिबियाअन्तिम दुई खेलअघि ३७ अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको अमेरिकाले ३५ अंक जोडेको छ। युएई २७ अंकसहित पाँचौ स्थानमा छ। छैटौं स्थानको नेपालको अन्तिम ८ खेलअघि २६ अंक र पिएनजीको ५ अंक छ। नेपाललाई एकदिवसीय मान्यत जोगाउन बाँकी रहेका आठ मध्ये पाँच खेल जित्नु पर्ने हुन्छ भने विश्वकप छनोटम पुग्न सबै खेल जित्नु पर्ने अवस्था छ। लिग-२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्दा पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ।

प्रतिकृया