• ३ साउन २०८३, आइतबार
  • ३:३३ बेलुका

नेपालको पर्यटन उद्योगको विकास: सफलताका लागि सहकार्य कार्यक्रम

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार ०५:३१

९ फागुन २०७९, काठमाडौँ: गैरआवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड र युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिज्मको संयुक्त आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । मिति २०७९ फाल्गुन ८ गते सोमवारका दिन काठमाण्डौं स्थित नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको पर्यटन प्रर्वधनको लागि महत्वपूर्ण सुझाव दिनु भयो ।


कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्वराजदुतहरु अन्जान शाक्य, भिम उदास, दिपक धिताल, लक्कि शेर्पा, मधुरमण अचार्य, झबिन्द्र अर्याल, मोहन कृष्ण श्रेष्ठ, युबनाथ लम्साल, मधुबन पौडेल, दुर्गा भट्टराई र प्रदुम्न बिक्रम शाह लगायतका वक्ताहरुले आआफ्नो भनाई राख्नु भएको थियो ।

Kamana Sewa

कार्यक्रममा सोसल टुर्स नेपालका संस्थापक निर्देशक राज ज्ञवाली, होटेल एसोसियसन अफ नेपालका उपाध्यक्ष बिनायक शाह, युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिज्मका अध्यक्ष दिपेशमान शाक्य, गैरआवासीय नेपाल संघका पर्यटन प्रवर्धन समितिका सभापति सोम सापकोटाले पर्यटन क्षेत्रमा भएका प्रगतिको बारेमा समिक्षात्मक मन्तब्य दिनु भयो । नेपाल तथा विदेशमा रहेका पर्यटन संघसंस्था र व्यवसायीबीच सहकार्य बढाउँदै नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरुले पर्यटन व्यवसायीहरुबीच सहकार्य गर्ने र नेपाल सरकारले पर्यटन क्षेत्रमा सहकार्य गरि नीतिगत सुधार गर्नु पर्ने तथा भौतिक संरचनाको निर्माणलाई तिब्रता दिनु पर्ने जोड दिएका थिए ।

Classic Tech Desktop

कार्यशालाले नेपालको पर्यटन उद्योगलाई प्रभावकारी बनाउन ११ बुँदे कार्यगत सारांश दिएको छ । कार्यक्रमले नेपालको पर्यटन उद्योगका सबै सरोकारवालाहरूलाई एकै ठाउँमा आउन, आफ्नो विशेषज्ञता र ज्ञान बाँड्न, देशको हितमा उद्योगलाई अगाडि बढाउने साझा लक्ष्य लिन सुझाव राखेको छ ।

प्रतिकृया