• १५ भदौ २०८३, मंगलबार
  • ३:५२ बिहान

आजका प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०२:०८

२९ माघ २०७९, काठमाडौँ: संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे शुरु हुनेछ।आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। यस्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०७९/२०८० को बजेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सन्दर्भमा वक्तव्य दिने कार्यसूची रहेको छ।


सभामुख देवराज घिमिरेले नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित कर्मा घलेको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची रहेको छ।

Kamana Sewa

प्रतिकृया