• १४ भदौ २०८३, सोमबार
  • १०:३१ बेलुका

नेविसंघको १२औं अधिवेशन : रसुवा बन्यो देशभरकै अधिवेशन गर्ने पहिलो जिल्ला

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ११:२०

२९ माघ, २०७९, काठमाडौँ: नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरुलाई प्रेरणा पुगेको छ । नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सिमा दिदै ३५ वटा जिल्लालाई अधिवेशन गर्न निर्देश दिएका थिए । रसुवामा अधिवेशन गराउने जिम्मा पाएका सालिग्राम सन्तोस अधिकारीले डेढ महिना भित्रै अधिवेशन गराएर रसुवालाई देशभरकै पहिलो अधिवेशन गराउने जिल्लाको घोषणा गरेका छन् ।


विगत लामो समय देखि हुन नसकेको जिल्ला अधिवेशन प्रमुख अतिथि माननीय ई मोहन आचार्य , विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो । सालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरु सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघ का नेता सुशान्त सिटौलाले जानकारी दिए।

Kamana Sewa

अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिती तथा प्रदेश प्रतिनिधिमा अध्यक्षमा कपिल पौडेल, उप–अध्यक्षहरुमा, बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् । त्यस्तैगरी सचीवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देबकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् । कोषअध्यक्षमा सोजित तामाङ र सह–कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया