• १३ भदौ २०८३, आइतबार
  • ११:२९ बिहान

आज शितलनिवासमा सांसदहरूका लागि चियापान कार्यक्रमकाे आयाेजन

प्रकाशित मिति

२०७९ माघ २८ गते, शनिबार १०:३४

२८ माघ २०७९, काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमकाे आयाेजना गर्दैछिन्। राष्ट्रपति भण्डारीले शनिबार अपरान्ह ३ बजे शीतलनिवासमा चियापानको आयोजना गरेकी हुन्। निर्वाचन आयाेगले राष्ट्रपतिकाे चुनाव फागुन २५ गते तय गरेकाे छ।


नेकपा एमालेले पूर्वसहमति अनुसार नै एमालेले राष्ट्रपति पद पाउनुपर्ने बताउँदै आएकाे छ। यता प्रधानमन्त्री दाहाल भने राष्ट्रपति एमालेलाई नदिइ राष्ट्रिय सहमति खाेज्ने मनसायमा छन्। राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ।

Kamana Sewa

प्रतिकृया