• १३ भदौ २०८३, आइतबार
  • १२:३२ बिहान

ला.प.से गरी सवारी साधन चलाउने ३ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७९ माघ २७ गते, शुक्रबार ०२:००

२७ माघ २०७९ काठमाडाैं : लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ३ जना चालकलाई काठमाडौँको बुढालिनकण्ठबाट शुक्रबार बिहान ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउनेहरूमा बा १८ च ८४३७ नम्बरको पिकअप जिपका चालक काठमाडौंको डल्लु बस्ने गणेश कार्की, बा १६ प ४४९१ नम्बरको मोटरसाइकलका चालक बुढालिनकण्ठ बस्ने अंकित भट्टराई र बागमती प्रदेश-०२-०३१ प ४८८ नम्बरको मोटरसाइकलका चालक बुढानिकण्ठमै बस्ने सुमन रावत रहेका छन् ।


नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानिलकण्ठको संयुक्त टोलिले बुढानिलकण्ठ क्षेत्रमा २० ओटा सवारी साधन चेक गर्दा ३ जना चालकले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको पाइएको थियो । लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्तमहाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।

Kamana Sewa

नशा लाग्ने पदार्थहरू सेवन गरी सवारी साधन चलाउँदा मानिसको शारीरिक तथा मानसिक दुर्वलता निम्त्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील अङ्गहरूमा आघात पारी मानवीय स्वास्थ्यमा नै खराब असर पर्ने हुन्छ । लागू पदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक र उत्तेजक बनाउने गर्दछ जसका कारण सवारी दुर्घटना लगायतका अन्यअकल्पनिय घटनाहरू हुने भएकाले मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने कुनै पनि नशालु पदार्थहरू सेवन तथा प्रयोग गरी सवारी साधन नचलाउनचालकलाई प्रहरी वरिष्ठ उपरीक्षक भट्टले अनुरोध समेत गर्नुभएको छ ।

Classic Tech Desktop

प्रतिकृया